News
साम्राज्ञी बिरुद्ध भुवन केसीले संघमा दिए निवेदन
अभिनेता, निर्माता तथा निर्देशक भुवक केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफु बिरुद्ध सामाजिक सञ्जालमा लगाएका आरोप बारे छानबिन गर्न चलचित्र कलाकार संघमा निवेदन दिएका छन् । केसीले बिहिबार कलाकार संघमा साम्राज्ञी उपर निवेदन दिएका हुन् ।
‘भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखी युटुव लगायत विभिन्न सञ्चार माध्यममा मेरो चरित्र हत्या गर्ने दुस्साहस मात्र हैन, सम्पूर्ण चलचित्र क्षेत्रको नै बदनाम भएको अनुभव गरी त्यस सम्बन्धमा छानविन गरी आम दर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन हुन पनि निवेदन गर्दछु’, निवेदनमा उल्लेख छ ।