काठमाडौं उपत्यकामा थपिए एकैदिन ३२ कोरोना संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा बिहीबार एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १७ महिला ११ पुरुष गरी २८ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
त्यस्तै भक्तपुर र ललितपुरमा पनि २/२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
पछिल्लो दिनमा उपत्यकामा लगातार संक्रमितको संख्या बढिरहेको छ । बुधबार उपत्यकामा १७ जनामा कोरोना पुष्टि भएको थियो ।
देशरभर आज ४ सय ७३ जनामा कोरोना पुष्टि
नेपालमा आज ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सङ्क्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । त्यस्तै आज एकै दिन ६ सय ६४ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।