vada
News

आत्मह’त्या गरेकाे भिडिओ हटाउन फेसबुकलाई पत्राचार

फेसबुककाे लाइभमा गएर आत्मह’त्या गरेकी तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमकाे भिडिओ हटाउन प्रहरीले फेसबुकलाई पत्राचार गरेको छ।

उनले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा गएर पासो लगाएर आ’त्महत्या गरेकी थिइन्। उनले आत्मह’त्या गर्ने क्रममा गरेकाे फेसबुक लाइभ भिडियाे यतिबेला सामाजिक संजालहरूमा भाइरल बनिरहेकाे छ ।

उनको फेसबुक वालमा रहेको भिडिओ हटाउन फेसबुकलाई पत्राचार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । यसले अरू फेसबुक प्रयोगकर्तालाई अ’सर पर्ने प्रहरीको भनाइ छ।

उक्त भिडिओ हटाउने प्रक्रिया सुरू गरिदिन इप्रका दाङले साइबर क्राइम ब्यूरोलाई खबर गरेको हो। ‘साइबर क्राइम ब्युरोले उक्त भिडिओ हटाइदिन फेसबुकलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ,’ उनले भने।

उनले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकाे कारणले प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लकसमेत खोल्न सकेको छैन।

Related Articles

Back to top button