vada
Entertainment

अमेरिकन आइडलको टप १० मा पुगेका दिवेश पोखरेललाई दिपकराजको बधाई

काठमाडौं – नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा पुगेका छन् । अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएपछि धमाकेदार प्रस्तुती दिदै आइरहेका दिवेश अमेरिकन आइडलको १० उत्कृष्टमा पुगेका हुन् । अमेरिकन आइडलको टप १० मा पुगेका दिवेशलाई हास्यकलार तथा अभिनेता दिपकराज गिरीले बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकन आइडलको टप १० मा पुग्न सफल दिवेश पोखरेल बधाई दिएका हुन् । उनले दिवेश पोखरेललाई धेरै भोट गरेर जिताउन पनि सबैलाई अपिल गरेका छन् । फेसबुकमा उनले बिदेशमा बस्ने नेपालीहरू उनलाइ जिताउने अभियानमा जुटेका छन् र हामिले पनि यो अभियानमा साथ दिनु पर्ने बताउका छन् ।

उनले लेखेका छन् – Good morning…!!!
बिहानै राम्रो खबर सुनियो,
दिवस पोखरेल अमेरीकन आइडल जस्तो प्रतिष्ठित प्रतियोगितामा उत्कृ्ष्ट १० भित्र पर्न सफल भएछन्…. हार्दिक बधाइ छ !!!
बिदेशमा बस्ने नेपालीहरू उनलाइ जिताउने अभियानमा जुटेका छन् हामिले पनि यो अभियानमा साथ दिनु पर्ला कि ?
त्यस्का लागि खासै केहि गर्नु पर्दैन ….भोट हालौ
भोट हाल्ने तरिका मैले केहि दिन अघि पोष्ट्याएको छू
हेर्नु होला…!!! …….शुभदिन!!!

Related Articles

Back to top button
Close