News

नेपालगञ्जमा परीक्षण ‘किट’को अ भाव, सं क्रमित क्षेत्र शि लबन्दी [भिडियो हेर्नुहोस ]

काठमाडौं – १६ जनामा को रोना भा इरसको सं क्रमण देखिएको बाँकेको नेपालगञ्जमा परीक्षण कि टको अ भाव भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणाका अनुसार सं क्रमित संख्या बढ्दै गए पनि परीक्षण कि टको अभाव भएको छ । उनले भने, ‘हामीले प्रदेश र केन्द्र सरकारलाई मगाएका छौं, सुनेको छु आजसम्म कि ट आइपुग्छ ।’

सरकारले अपूरो सामग्री पठाउँदा पनि स मस्या निम्तिएको उनले गु नासो गरे । ‘कहिले स्वाब परीक्षणमा आवश्यक पर्ने केमिकल नै हुन्न त कहिले कि ट कै अ भाव हुने गरेको छ,’ उनले भने, ‘हामीलाई आयात गर्ने अधिकार छैन नत्र आयात नै गरेर भए पनि अ भाव टार्थ्यौँ।’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पनि कि ट अ भाव भएको जानकारी दिए । यसअघि सरकारले पठाएको ५ सय हा राहारी कि ट सकिएको र बाँकीको प रीक्षण गर्न अ भाव भएको उनले बताए ।

एक जना सं क्रमित देखिएपछि उनको सम्पर्कमा रहेका ९० जना स म्भावित सं क्रमितको परीक्षण गरिएकोलाई नै आधार मान्दा पनि अरु कम्तीमा ४ देखि ५ सय जनाको परीक्षण गर्नुपर्ने अवस्था रहेको उपाध्यायले जानकारी दिए । वैशाख १९ मा पहिलो सं क्रमण देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा सम्भावित ९० जना सं क्रमितको प रीक्षणका क्रममा आइतबार राति ८ बजेसम्म १५ जनामा सं क्रमण देखिएको उनले जानकारी दिए ।

आइतबार एकैदिन को रोना भा इरस सं क्रमित देखिएका नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ८ र ५ का १५ जना र वैशाख १९ मा सं क्रमित एक जनाको अहिले सुशील कोइराला प्रखर क्या न्सर अस्पताल खजुरामा उपचार भइरहेको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । ‘९० जना सम्भावित सं क्रमितमध्ये ६० जनाको मात्र परीक्षण भएको र बाँकीको परीक्षण हुनेक्रममा रहेकाले सं क्रमित बढ्न सक्छन्,’ उपाध्यायले भने । स्वाब परीक्षण र कन्ट्याक ट्रेसिङमा खटिने ज नशक्ति समेत अभाव भएको उनले जानकारी दिए । विशेषज्ञ जनशक्ति सम्बन्धित निकायलाई मागिएकाले छिट्टै व्यवस्थापन हुने अपेक्षा गरिएको उनले बताए ।

सं क्रमण फै लदै गएपछि यसअघि वैशाख १९ गतेदेखि नै वडा नम्बर ८ र ५ शि लब न्दी गरी सकिएको र अन्य वडामा पनि शि लब न्दीको तयारी भएको उनले जानकारी दिए । थप सं क्रमण न फैलियोस् भनेर अन्य वडा र सी मावर्ती क्षेत्रमा पनि क डि कडा उ गर्न थालिएको छ । आजै विशेषज्ञ र किट पुग्छ : स्वास्थ्य सेवा विभाग को रोना सं क्रमितको केन्द्र बनेको नेपालगञ्जमा आवश्यक किट र विशेषज्ञको टोली आजै पुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार कि ट अ भाव भएको जानकारी पाउँने बित्तिकै आवश्यक मात्रा कि ट पुर्‍याउने काम भइरहेको छ । ‘त्यहाँ कि ट अभाव हुँदैन, रातारात कि ट पुग्छ, आवश्यक जन शक्ति पनि पुगेर काममा हल्ट हुन दिन्नौँ, आजै कि ट पुगिसक्छ,’ श्रेष्ठले भने । सं क्रमितको संख्या बढेपछि ल कडा उनको मोडालिटी तत्कालै परिवर्तन हुने सम्भावना फेरि पनि टरेको सरकारी अधिकारीहरुले बताएका छन् । विभागकै महानिर्देशक श्रेष्ठका अनुसार सरकारले उच्च जो खिम, जो खिम र कम जोखिमका आधारमा वर्गीकरण गरेर ल कडाउनबारे आवश्यक निर्णय गर्नेबारे छलफल चलाए पनि तत्कालै लागु नहुन सक्छ ।

‘ल कडाउ नलाई खु कुलो बनाउन त पर्छ, सधैँभरि मानिसहरु घरभित्रै बस्न सक्दैनन् तर सं क्रमण हाम्रो कावुभित्रै लिन सकिन्छ भन्ने भएपछि मात्रै निर्णय हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि कम्तीमा अरु एक हप्ता तयारी लाग्छ ।’ श्रेष्ठका अनुसार ल कडाउन वर्गीकरण गरेर खु कुलो बनाउनअघि आवश्यक जनशक्तिको उपलब्धता र तयारी, औषधि व्यवस्थापन, स्वास्थ्य सा वधानिका अन्य तयारी, पीसीआरबाटै गरिएका प रीक्षणको संख्या कम्तीमा ३० हजार पुर्‍याउने लगायतका काम गर्न जरुरी छ ।

#Nepalgunj आज नेपालगंजमा थप ९ जना गरी जम्मा १० जनामा कोरोना संक्रमित भेटियो

Gepostet von Sansani Khoj am Sonntag, 3. Mai 2020

Related Articles

Back to top button
Close