News

अमेरिकन आइडलको टप १० मा पुगे नेपाली गायक दिवेश पोखरेल

काठमाडौं – पछिल्लो समय अमेरिकन आइडलमा पुगेका नेपाली गायक दिवेश पोखरेल धेरै नै चर्चा भइरहेको छ । अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएपछि उनले आफ्नो धमाकेदार प्रस्तुती दिदै आइरहेका छन् । उनी आफ्नो राम्रो प्रस्तुती दिदै अमेरिकन आइडलको १० उत्कृष्टमा पुगेका छन् ।

उनको प्रस्तुती निर्णायकहरुले निकै नै मनपराएका छन् । अमेरिकन आइडलमा उत्कृष्टमा १० मा पर्ने उनी पहिला नेपाली हुन् । उनलाई जिताउन गएको साता देखि नै भोट दिन मिल्ने भएको छ । उत्कृष्ट दशमा पुगि सकेका उनको भोटिङ्ग कोड १६ रहेको छ ।

आफु अमेरिकन आइडलको उत्कृष्ट १० मा पुग्दा उनी निकै खुसी भएको छन् । उनले सामाजिक सञ्जालमार्फत विश्वभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भएको बताएका छन् ।

Related Articles

Back to top button
Close