vada
International

हङकङमा काम गर्ने क्रममा एक नेपालीको मृत्यु

काठमाडौं – हङकङमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर बस्ने ३७ वर्षीय शरण गुरुङ रहेका छन् । उनको निर्माण क्षेत्रमा काम गर्ने क्रममा मृत्यु भएको हो ।

निर्माण क्षेत्रमा काम गर्ने ३७ वर्षीय शरण गुरुङको निधन भएको छ । उनी हङकङको निर्माणाधीन तेश्रो रनवेमा कार्यरत रहेका थिए । उक्त क्षेत्रमा काम गर्ने क्रममा डिप सिमेन्ट मिक्सिङ मेशिनको फलामे डोरी चुट्टिएर उनको टाउकोमा लागेको बताइएको छ ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको जनाइएको छ । उनी श्रीमती र बच्चासहित हङकङस्थित युङ्लोङमा बसिरहेका थिए ।

Related Articles

Back to top button