vada
News

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ अस्पताल सपही जनकपुरबाट झापाका १८ जना पुरुष, कलैया अस्पतालबाट बाराका ६ पुरुष, साइकृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १७ पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता टेकुबाट काठमाण्डौंका ३ पुरुष, सिन्धुलीका १ महिला, सिन्धुपाल्चोक, पुरुष, खोटाङ, मोरङ, १, नुवाकोट, चितवन, भक्तपुर र दोलखाका १\१ पुरुष संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

त्यसैगरी ज्वालामुखी आइसोलेशन सेन्टरबाट धादिङका २ महिला र ९ पुरुष गरेर ११ जना, निलकण्ठ आइसोलेशनबाट ५ महिला र २९ पुरुष गरेर ३४ जना, पाटन अस्पतालबाट ललितपुरका १ महिला, भक्तपुरका २, काठमाण्डौंका १ र सिन्धुलीका १ पुरुष र चितवनका १ महिला पनि निको भएर घर फर्किएका छन् ।

त्यसैगरी सुर्खेत प्रादेशिक अस्पतालबाट ५ महिला र २८ पुरुष गरेर ३३ जना र प्रदेश ५ का विभिन्न आइसोलेशनबाट कपिलवस्तुका १५ महिला र २८७ पुरुष तथा नवलपरासीका १ महिला र १३ पुरुष पनि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ४६५६ रहेका छन् । मंगलबारसम्म ३१९४ जना निको भएको विवरण दिएको मन्त्रालयले पछिल्लो २४ घण्टामा निको भएका १४६२ मध्ये १ हजार जनाको विवरण आउन बाँकी रहेको छ ।

Related Articles

Back to top button