vada
News

३ वर्षपछि एकसाथ म्युजिक भिडियोमा देखिदै स्वस्थिमा खड्का र पल शाह

कोरोनाको चपेटामा परेको नेपाली संगीत उधोग लकडाउन खुकुलो भएसंगै गीत रेकर्डिङ तथा भिडियो छायांकनमा छिट्टपुट्ट निस्किन थालेका छन् । यता लकडाउन खुकुलो भएपश्चात् पहिलो पल्ट म्युजिक भिडियो छायांकनमा निस्किएकी स्वस्थिमा खड्का प्रफुल्ल देखिइन । पल शाह संग उनले ३ वर्षपछि एकसाथ म्युजिक भिडियो गर्दैछिन् । यो अवसर जुराएका छन् गायक सरोज ओलिले ।

१० महिना अगाडि युट्युबमा सार्बजनिक भएको ‘मायालु तिमी कता छौ’ गीतको दोश्रो शृङ्खलामा पल र स्वस्थिमाको जोडि फिचर्ड हुन लागेको हो । यी २ संगै एन्जल र अरबिन पनि भिडियोमा फिचर्ड छन् । गोकर्ण रिसोर्टमा गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरिरहेका छन भने मायालु तिमी कता छौ बोलको गीतलाई संगीतप्रेमी दर्शकहरुले अत्याधिक रुचाएका छन

यो समाचार तयार गर्दा सम्म भिडियोलाई २ करोड १२ लाख ६२ हजार भन्दा बढी पटक हेरिएको छ भने गीत विभिन्न समारोह, पार्टी तथा कार्यक्रमहरुमा खुबै घन्किने गर्छ । भिडियोलाई १ लाख ७१ हजार बढिले लाईक तथा ११ हजारले डिसलाईक गरेका छन् । करिब ५ हजार सकारात्मक प्रतिक्रिया आएको छ । छायांकन भएको दोश्रो शृङ्खलाले पनि राम्रै सफलता बटुल्ने निर्माण टिमको बिश्वास रहेको छ ।

Related Articles

Back to top button