vada
News

नायिका साम्राज्ञी भन्छिन् : म सँग गाला जोड्न आउनु भयो उहाले…

काठमाडौं / नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडी सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा दुःख पाएको उल्लेख गरिन् ।

उक्त बिषय निकै चर्चामा रह्यो । साम्राज्ञीले यसो भनिरहँदा उनको कटाक्ष नायक भूवन केसीमाथि पनि थियो । साम्राज्ञीलाई भूवनले चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् ।

साम्राज्ञीले भुवनलाई लक्षित गर्दै इन्टाग्राममा स्टोरी हालेकी छिन् । उनको स्टोरी कस्लाई लक्षित हो भन्ने कुरा नखुले पनि भुवनलाई नै टार्गेट गरेकाे बुझ्न सकिन्छ । केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी छन् ।

सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक दुर्व्यवहार गरेको साम्राज्ञीले बताइन् । केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो ।

साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए ।

साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टि-कोण रहेको जनाएकी छन् । नायिका साम्राज्ञीले फेरि अर्को भिडियो पनि इन्स्टाग्राममा पोस्ट गर्दै भनेकी छिन्, ‘मलाई धेरै पत्रकारहरुको फोन आइरहेको छ , अबदेखि म युट्युब अनलाइनमा अन्तर्वार्ता दिन्न ।”

यस बिषयमा अभिनेता भुवन केसी भने मौन बसेका छन् । उनले साम्राज्ञीलाई लक्षित एक स्टाटस् लेखेपछि यसबिषयले थप चर्चा पाएको हो ।

Related Articles

Back to top button