vada
News

काठमाडौं उपत्यकामा थपिए १७ जना संक्रमित

काठमाडौं १७ असार / नेपालमा कोरोना संक्रमित दिनदिनै उकालो लागिरहेको बेला पछिल्लो २४ घन्टाभित्र थप १७ जनामा कोरोना संक्रमण देखिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । स्वस्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १० जना , भक्तपुरमा २ जना र ललितपुरमा ७ जना कोरोना संक्रमित भेटिएको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घन्टा भित्र थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मुलुकमा कुल संक्रमित सङ्ख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

त्यस्तै नेपालमा हालसम्म ४ हजार ६ सय ५६ कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या पुगेको छ ।

मुलुकमा पछिल्लो २४ घन्टामा १४ सय ६२ जनाले कोरोना जितेर घर फर्केका छन् । नेपालमा कोरोना संकमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

पछिल्लो २४ घन्टा भित्र थप १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वस्थ्य मन्त्रालयले पुष्टि

Related Articles

Back to top button