vada
Entertainment

मेरो सफलताको पछाडि मेरी आमाको आर्शिवाद र प्रेरणा छ : नायिका रेखा थापा

काठमाडौँ । लोकप्रिय नायिका तथा निर्मात्री रेखा थापा सामाजिक संजालमा औधी सक्रिय हुने सुन्दरी हुन् ।

छबी राज ओझाले निर्माण गरेको फिल्म ‘हिरो’ बाट नेपाली फिल्म जगतमा डेब्यु गरेकी यि सुन्दरीले सामाजिक, राजनैतिक विषय बस्तुमा आफ्ना धारणाहरु सामाजिक संजालमार्फत राख्दै आएकी छिन् ।

जसको धारणाले बेला बेलामा चर्चा पाउने गरेका छन् । यस बिच नायिका थापाले हालै आफ्नी आमासँगको तस्विर पोष्ट गरेपछि अहिले उक्त तस्विरले पनि चर्चा पाइरहेको छ ।

एक समय चलचित्र क्षेत्रमा एक छत्र राज गर्न सफल नायिका थापाले आफ्नो यो सहनशिल स्वभाव र काम गर्न सक्ने क्षमता सबै आमाको आर्शिवादको देव भएको बताउने थापाले आफ्नो जीवनको भने वैवाहिक सम्बन्ध हिट बनाउन सकिनन् ।

आमासँगको सुन्दर तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनी आमाको स्नेहमा लुटपुटीएको छर्लगं देख्न सकिन्छ ।

Related Articles

Back to top button