vada
News

मोहनविक्रमले पहिले नै भनेका थिए– भारतले ओली सरकार ढाल्न खोज्दैछ

काठमाडौं । भारतले सरकारलाई भारतले ढाल्ने प्रयास गरिरहेको छ भन्ने आशयको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यसै आएको होइन । प्रधानमन्त्री ओलीले भारतीय प्रयासको सार्वजनिक रुपमा भण्डाफोर गर्नु अघि नै यो तथ्य सार्वजनिक भइसकेको थियो ।

नेकपा मसालले जेठ ३० मै ओली सरकारलाई भारतले ढाल्न प्रयास गर्ने निष्कर्ष निकालेको थियो । मसालका महामन्त्री मोहनविक्रम सिंहले सो दिन एक विज्ञप्ति जारी गरेर भारतले सरकार ढाल्ने खोज्ने खुसाला गर्नुभएको थियो ।

उहाँको विज्ञप्तिमा लेखिएको थियो– ‘कालापानी समेतका भू–भागहरूमा भारतीय अतिक्रमण तथा त्यसका विरुद्ध ओली सरकारले लिएको अडानका कारणले भारतीय साम्राज्यवाद धेरै नै क्षुब्ध भएको कुरा भारतका उच्च तहका राजनीतिक नेता, शीर्षथ सैनिक अधिकारी वा भारतीय सञ्चार माध्यमहरूका अभिव्यक्तिहरूबाट प्रष्ट हुन्छ ।

त्यो अवस्थामा भारतीय साम्राज्यवादले वर्तमान सरकारका विरुद्ध व्यापक आन्दोलन उठाउने वा अपदस्त गराउने दिशामा योजनवद्ध र सङ्गठित रूपले षडयन्त्र गर्न सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।’

मोहनविक्रमले सो खुलासा गर्नुभएको १३ दिनपछि प्रधानमन्त्री ओलीले आफ्नो सरकार भारतले ढाल्न खोजेको बुझिने गरी अभिव्यक्ति दिनुभएको थियो ।

Related Articles

Back to top button