vada
News

काेराेनाकाे कारण नेपालमा थप एक जनाकाे मृ’त्यु

नेपालमा काेराेना भाइरसकाे कारणले थप एक जनाकाे मृ’त्यु भएकाे छ । १४ जेठमा अछामको बयालपाटा अस्पतालमा मृ’त्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृ’त्यु भएको थियो ।

वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन राखेर उनलाई घर पठाइएको थियो । घर पुगेको ५ दिनपछि उनको मृ’त्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका व्यक्तिको मधुमेहकै कारण मृ’त्यु भएको जनाएको थियो । तर मृ’त्यु भएको दुई दिनपछि मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Related Articles

Back to top button