vada
InternationalNews

बिहेको दुई दिनपछि बेहुलाको मृत्यु, बिहेमा सहभागी ९५ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना फैलन नदिन अधिकांश मुलुकमा लकडाउनको नीति अवलम्बन गरिएको थियो । नेपाल, भारत लगायत केही मुलुकमा अहिले पनि लकडाउन छ । लकडाउनका समयमा स्वास्थ्य सतर्कता अपनाउँदै आफ्ना दैनिकी जारी राख्न सरकारले आग्रह गरेको छ । विवाह, व्रतबन्ध लगायत सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि नियम बनाइएको छ । तर सरकारले भनेको नियम नमानेर मनोमानी गर्दा त्यसले ठूलो दुर्घटना निम्त्याउने देखिएको छ ।हालै भारतमा भएको एउटा घटनाले त्यस्तै पुष्टि गरेको छ । भारतको विहारमा सरकारी नीति उल्लंघन गर्दै धेरै मानिस जम्मा भएर गरिएको विवाहका कारण ९५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाकै कारण वेहुलाको पनि निधन भएको छ ।

यो घटना भारतको विहार राज्यको पटनामा भएको हो । सिमीत ब्यक्तिको सहभागीतामा विवाह गर्नुपर्ने भएपनि सयौं मानिसलाई निम्ता दिइएको थियो । सो एक बैवाहिक समारोहमा सहभागी भएका मध्य ९५ जनामा कोरोना पुष्टि भयो । कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह भएको दुई दिनपछि निधन भएको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय ति युवकको विवाह भएको हो । उनी विवाहकै क्रममा पनि विरामी थिए । विरामी अवस्थामै विवाह गराइएका युवकको विवाह भएको दुई दिन पछि नै निधन भएको हो । कोरोनाको जस्तो लक्षण देखिएको भएपनि परिवारका सदस्यले वास्ता नगरी विवाह गराएका थिए । ति युवकको निधन भएपछि पनि परिवारका सदस्यले कोरोना परिक्षण गर्ने अधिकारीलाई खबर नगरी शवको अन्त्यष्टि समेत गरिसकेका छन् ।

Related Articles

Back to top button