Intresting
आज हरिशयनी एकादशी, तुलसी रोपेर पूजा गरि मनाइँदै
काठमाडौं। आज हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन। निर्जला एकादशीका दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीका दिन पर्ने तुलसी रोप्ने दिनलाई तुलसीरोपण एकादशी पनि भन्ने गरिन्छ ।
आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महीनापछि हरिबोधनी एकादशीमा जाग्ने विश्वास रहेको वैदिक शास्त्रहरूमा बताइएको छ । वैज्ञानिक र धार्मिक दुबै रुपमा तुलीको धेरै महत्व छ । तुलसीलाई आयुर्वेदिक औषधि पनि बनाइन्छ । स्वास्थ्यको दृष्टिले तुलसी निकै फाइदाजनक पनि छ ।