साम्राज्ञीलाई बैज्ज;त हुने डर किन ? यो भिडियो सार्बजनिक गर्दै यु,ट्युब तथा मिडियामा अन्तर्वार्ता नदिने घो,षणा (भिडि,यो सहित)
काठमाण्डौं/ पछिल्लो समय नेपालि सिनेमा नगरीमा फिल्म छायांकन, प्रदर्शन तथा प्रोमोसनका काम कोरोना महामारीका कारण रोकिएपनि यस संग आबद्ध सिनेकर्मिहरुका कारण यो नगरी सुस्तले बस्न भने पाएको छैन ।
एकअर्का बिच आरोप प्रत्यारोपका कारण कलाकारहरुको चर्चा लकडाउनमा पनि मज्जैले भैरहेको छ । पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता तथा निर्माता भुवन केसी बिचको अन्तरद्वन्दले उग्र रुप लिरहेको छ ।
यी २ ले नाम किटान नगरी एक अर्कालाई अप्रत्यक्ष ढंगले आरोप लगाउदै आएका छन् । यसै बीच नायिका शाहले अर्को एक भिडियो सार्बजनिक गरेकी छन् । जसमा मिडिया माथि नै खन्निएकि छन् ।
आफ्नो ईन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले यो पटक मिडिया तथा युट्युबमा ईण्टरभ्यु नदिने घोषणा गरेकी छन् । यो २ दिनको अवधिमा आफुलाई धेरै मिडियाबाट अन्तरबार्ताको लागि फोन आएको तर आफुलाई सपोर्ट गरेको जस्तो गरेर उचाल्ने अनि समाचारमा हेडलाईनहरु घिनलाग्दो राख्ने कार्यले गर्दा आफु मात्र हैन अन्य कलाकारहरु पनी थाकिसकेको कुरा ब्यक्त गरिन् ।
आफ्नो मुख देखाउदै आफैलाई नराम्रो बनाएर पैसा कमाउनेहरु युट्युबमा टन्नै छन् भन्दै यो पटक आफुले अन्तरबार्ता दिन नमानेको उनले बताईन ।
आफ्नो ईन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले यो पटक मिडिया तथा युट्युबमा ईण्टरभ्यु नदिने घोषणा गरेकी छन् । यो २ दिनको अवधिमा आफुलाई धेरै मिडियाबाट अन्तरबार्ताको लागि फोन आएको तर आफुलाई सपोर्ट गरेको जस्तो गरेर उचाल्ने अनि समाचारमा हेडलाईनहरु घिनलाग्दो राख्ने कार्यले गर्दा आफु मात्र हैन अन्य कलाकारहरु पनी थाकिसकेको कुरा ब्यक्त गरिन् । आफ्नो मुख देखाउदै आफैलाई नराम्रो बनाएर पैसा कमाउनेहरु युट्युबमा टन्नै छन् भन्दै यो पटक आफुले अन्तरबार्ता दिन नमानेको उनले बताईन ।
सार्बजनिक भिडियोमा भने नितान्त मिडिया प्रति मात्र आक्रोशित हुदै आफ्नो अभिव्यक्ति राखेकी छन् । उनले महिला कलाकारहरुको अन्तरबार्तामा आएको नकारात्मक कमेन्ट नहटाएको प्रति पनि उनले दुखेसो पोखिन । उनले ‘न्युज लेख्ने मान्छेहरु, हाम्रो खुट्टा तानेर, हाम्रो बैज्जत गरेर, हाम्लाई नराम्रो देखाएर, हाम्लाई उछालेर पैसा कमाउने मान्छेहरुकोमा आफ्नो बैज्जत गर्न नगएको’ भिडियोमा भनेकी छन् । एक्स्ट्रा पकेट मनि पनि हुने रैछ भन्दै आफु पनि युट्युब खोल्ने कुरा भिडियोमा भनेकी छन् । उनको यो आक्रोसले आगामी फिल्मी करियरमा कत्तिको प्रभाव पार्ला त्यो भने हेर्ने बाकि छ ।स्रोत:डी-थ्रीअनलाइन
हेर्नुस भिडियो ।