News

साउदीबाट स्वदेश फर्कन इच्छुक नेपालीहरुको लागि अर्को जरुरी सुचना

काठमाडौं १६ असार / विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण साउदी अरबमा समस्यामा परेका नेपालीहरुले स्वदेश फर्कन पूरा विवरण सहित फारम भर्न दूतावासले सुचना जारी गरेको छ ।

फारम भर्न यहाँ थिच्नुहोस् ।

दूतावासको सुचना अनुसार पहिला फारम भरिसकेकाहरुले फेरि नभर्न अनुरोध समेत गरेका छन् । साथै साउदीको रियाद स्थित नेपाली दूतावासको टेलिफोन र इमेलमा विवरण टिपाइसकेकाहरुले पनि फारम नभर्न अनुरोध गरेको छ ।

यसअघि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उद्धार उडान ४ वटा चार्टर जहाजबाट साउदीको विभिन्न स्थानबाट नेपालीहरुलाई स्वदेश ल्याइसकेको छ । पहिलो चरणको पाचौं चार्टर उडान मार्फत आज हिमायल एयरलाइन्सको जहाजले साउदीको दमामबाट नेपालीहरुलाई स्वदेश ल्याइँदैछ ।

त्यस्तै सरकारले अन्य देशहरुबाट पनि अलपत्र परेका नेपाली नागरिकहरुलाई उद्धार गर्ने क्रम जारीरहेको छ । हालसम्म उद्धार गरिएकाहरु सबै आफै खर्चमा स्वदेश फर्किएका हुन् । केहिदेशको सरकारले जहाज चार्टर गरेर पठाइदिएको हो ।

Related Articles

Back to top button
Close