News
नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु
काठमाडौं – नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको मृत्युपछि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव जोशीले बताए ।
भारतबाट आएर क्वरेण्टीनमा बसिरहेका उनको असार १४ गते बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । क्वरेण्टीनमा बस्दै गर्दा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बयालपाटा अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।
यससँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ भने नेपालभर मृत्यु हुनेको संख्या ३० रहेको छ ।