vada
News

बलिउड अभिनेता आमिर खानको घरमा कोरोना, परिवार नै आइसोलेसनमा

बलिउडका चर्चित अभिनेता आमिर खानले उनको घरमा काम गर्ने केहि व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।फेसबुकमा एक बयान जारी गरेर उनले केही कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घर नै क्वारेन्टाइनमा राखेको बताए ।

नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए ।आमिरले लेखे, अब मेरो आमाको मात्र रिपोर्ट आउन बाँकी छ, उहाँको रिपोर्ट नेगेटिभ आओस भनेर सबैले प्राथना गरिदिनुहोस ।

तर सुरक्षाका लागि १४ दिनका लागि आइसोलेशन रहने उनले बताएका हुन् । उनले कोकिलाबेन अस्पतालका डाक्टर नर्स र कर्मचारीले गरेको व्यवहारप्रति खुशी हुदै धन्यवाद पनि दिएका छन् ।

यसअघि बलिउडका निर्देशक करण जोहर र जान्ह्वी कपुर आइसोलेसनमा बसेका थिए । उनीहरुको घरमा काम गर्नेलाई कोरोना पोजेटिभ पाइएपछि उनीहरु सेल्फ आइसोलेसनमा बसेका थिए । कोरोना संक्रमण चीनबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको छ । विश्वभरका १ करोड मानिसहरु संक्रमित भइसकेका छन् भने ५ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट भारत पनि अछुतो रहन सकेको छैन । यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ६७ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् भने १६ हजार भन्दा बढीले ज्यान गुमाइसकेकाे छन् ।

Related Articles

Back to top button
Close