News

पीसीआर मेसिन स्थापनाका लागि गौरिकाले दिइन् १ लाख

काठमाडौं : कोरोना भाइरस जाँच गर्ने पीसीआर मेसिन स्थापनाका लागि पौडी खेलाडी गौरिका सिंहले १ लाख सहयोग गरेकी छिन् ।

उनले डडेल्धुरामा स्थापना हुन लागेको पीसीआर मेसिन स्थापनाका लागि हजुरबुबा लोकभक्त राणामार्फत् आर्थिक सहयोग गरेकी हुन् । गौरिका अहिले आफ्ना आमाबुबासँग बेलायतमा छिन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेर कीर्तिमानसमेत बनाएकी सिंहको पुख्र्यौली घर सुदूरपश्चिम हो । उनको पुर्खा सुदूरपश्चिमको बझाङका हुन् ।

यसअघि पीसीआर मेसिन खरिदका लागि तेक्वान्दोका दिपक बिष्ट र उनकी श्रीमती आयशा शाक्यले २० हजार रुपैयाँ सहयोग गरेका थिए ।

त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादु चन्द, क्रिकेटका प्रशिक्षक जगत टमाटा, क्रिकेटर नरेश बुढा ऐरले पनि आर्थिक सहयोग गरिसकेका छन् ।

कोरोना जाँचका लागि मेसिन अभाव भएपछि सहयोग अपिल गर्दा विभिन्न विधाका खेलाडीले पनि आर्थिक सहयोग गरिरहेका छन् ।

Related Articles

Back to top button
Close