Video

म्युजिक भिडियोमा प्रदिप खड्काको वीर गोर्खाली रुप, नीति शाह पनि फिचर्ड

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चामा रहने अभिनेता हुन् , प्रदिप खड्का । ‘प्रेमगीत’ चलचित्रबाट दर्शकमाझ परिचित भएका प्रदिप आफुलाई चलचित्रमा भिन्न भिन्न गेटअपमा प्रस्तुत गर्न रुचाउछन् । चलचित्र भिन्न अवतार कोसिस गरे पनि उनलाई भने लभरव्वाइको रुपमा नै दर्शकले रुचाए । यहि बिचमा अभिनेता प्रदिप एक गीतको भिडियोमा देखिएका छन् ।

नितिन चन्दको निर्देशनमा तयार भएको ‘जय जय नेपाल’ बोलको गीतको भिडियोमा प्रदिपको लुक्स भिन्न देखिएको हो ।फिल्मको शैली अपनाउदै पोस्टर, टिजर र फुल भिडियोलाई क्रमश सार्बजनिक गरिएको छ । सार्बजनिक भिडियोमा उनलाई वीर गोर्खालीको अवतारमा प्रस्तुत गरिएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

नेपालको झन्डा सहित उनलाई भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा उनी संगै मोडल तथा सन् २०१७ की मिसन इन्टरनेशनल बनेकी नीति शाहलाई समेत फिचर्ड गरिएको छ । गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, बिपिन घिमिरे र प्रविशा अधिकारीको स्वर रहेको छ । गीतमा शब्द अशोक सेरचन र संगीत एलिश कार्कीको रहेको छ ।

Related Articles

Back to top button
Close