News

साम्राज्ञीसँग आक्रोशित भुवन केसी, ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँँग आक्रोश पोखेका छन् । साम्राज्ञीले ईन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै आफुले काम गरेका ८ मध्ये तीन वटा फिल्मका ब्यानरबाट नराम्रो व्यावहार भोगेको बताएकी छिन् ।

आइतबार राती साढे ९ बजेतिर भुवन केसीले साम्राज्ञीको उक्त भनाईप्रति आक्रोश व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेका हुन् । ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’, केसीले लेखेका छन् ।

भुवन केसीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘ड्रिम्स’बाट साम्राज्ञीले नेपाली फिल्म क्षेत्रमा नायिकाको रुपमा अभिनय सुरु गरेकी हुन् । अनमोल केसीको अपोजिटमा प्रस्तुत भएकी साम्राज्ञीले उक्त फिल्मबाट दर्शकको मन जितिन् । यसपछि साम्राज्ञी भुवन केसीको ब्यानरमा दोहोरिएकी छैनन् ।

Related Articles

Back to top button
Close