News

एकाबिहानै आयो दुःखद खबर, भोजपुर : आगलागीमा परेर एक बालिकाको ज्यान गयाे

भाेजपुर, १५ असार । भोजपुरमा आगलागी हुँदा एक बालिकाको ज्यान गएको छ । अरुण गाउँपालिका- ३ प्याउलीका कर्णबहादुर कार्कीको घरमा आगलागीमा परेर कार्कीकी ३ वर्षीया नातिनी विष्णुमाया कार्कीको ज्यान गएको हाे ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आइतबार भएको आगलागीमा गम्भीर घाइते भएकी बालिकालाई प्राथामिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो ।

तर बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएककाे वालिकाकाे राति नै मृत्यु भएको प्रहरीको भनाइ छ । विद्युत सर्ट भई आगलागी भएकाे हाे ।

घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिव रु १७ लाख बराबरको क्षति भएको बताइएकाे छ । आगाे प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

Related Articles

Back to top button
Close