vada
News

कलाकार कृष्ण पाण्डेको निधन पछि गायक अनिश र सुबिनको मन छुने संदेश ( पढ्नुहोस)

असार -१५ , कति अनौठो छ यो संसार अनि कति निर्दयी छ यो दैब पनि। आज मध्यान्न भनौ या बिहान १ : ३१ बजे लेखेको यो समाचार लेख्दा लेख्दै यी हातका औला थाक्न सक्छन हेर्दा हेर्दै यी आखा रसाउन सक्छन तर थाक्ने छैनन तिमि बसेको मुटु। म सुबिन अधिकारी धेरै संघर्ष गरे यो दुनियामा तर सफलताको कुनै बिन्दु भेटिन। आज सम्म को असफलतालाई लियर त्यति दुखि भयको थिइन जति कृष्ण बाबु पाण्डेको निधन भयो। आज पनि मा त्यहि ठाउमा छु जुन ठाउमा मा सफलताको पाइला खोज्दै हिडेको थिय।

असार १४ गते बिहानै आखा मिच्दै मोबाइलको लक खोल्दै मेरो बुडी औला फेसबुकमा थिचियो। अगाडिनै मेरो प्रिय साथि अनिश दवाडीले लेखेका रहेछन ‘ यौटा लय शब्द देहै बाबू भनेको आज जस्तो लाग्छ खै मनको मान्छे हरु भगवानको प्यारो हुन्छन भनेको सुनेको।
हार्दिक श्रद्धाञ्जली कृष्ण बाबु ‘ यो शब्दहरु देखिसकेपछि पत्याउन गाह्रो लाग्यो अनि सबै तिर नियालेर हेरे। सबै को वालमा कलाकार एबम पत्रकार पाण्डेकै फोटो माथि श्रद्दान्जली को शब्दहरु टासियर बसिरहेका थिय। अनि मलाइ विश्वास भयो कि उनको निधन भयको रहेछ।

मेरो मनले कत्ति पनि मानेन अनि एकै पटक भने पनि उनको प्रोफ़ाइल हेर्छु यो मनले भन्यो अनि प्रोफ़ाइल हेरे केहि भेटिन अनि संचारकर्मी रबि लामिछानेको वालमा हेरे त्यहा लेखियको रहेछ ‘ टिभी जर्नलिस्ट भाइ कृष्ण पाण्डेलाई गुमाउनु परेको दु:खद बिषयमा लेखिरहेको छु।कस्तो अविश्वस्निय,अकल्पनीय समाचार।जो हरेक पटक रिपोर्ट र न्युज पठाउथ्यो आज उसैको मृत्युको रिपोर्ट र न्युज आयो, र न्युज पनि यसरी आयो कि अब उसको रिपोर्ट र न्युज कहिलेपनि आउने छैन।अत्यन्त भारी मनले श्रद्धाञ्जली चडाउदैछु कृष्ण.. धेरै दुखित छु.. शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति देउ भगवान।’ अनि म पुर्ण बिस्वास भय कि पत्रकार पाण्डेको मृत्यु भयकै रहेछ।

हसिलो मुहार संगै मिठो बोलीको धनि पाण्डे अब कहिल्यै नफर्किने गरि गयका रहेछन तर मलाइ त्यो झुटो भैदिय हुन्थ्यो जस्तो भयको थियो। उनले रचना गरेका चर्चित गित भागेरी चरीले , आमा लगायत थुप्रै गित बिर्सन नसक्ने छन्। कसरि बिर्सने ति याद अनि ति रचनाहरु। लेख्दा लेख्दै हात चलेनन मेरा। हार्दिक श्रद्दान्जली मेरो दाइ कृष्ण पाण्डे। उही तपाइको भाइ सुबिन अधिकारि अनि अनिश दवाडी।

Related Articles

Back to top button