vada
News

म बाहेक कसैले भारतबिरुद्ध बोल्न सक्दैन – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको प्रयास जति भए पनि हिजोको जस्तै आजको भोलि परिवर्तन हुनै नसक्ने बताएका छन्। ६९ औं मदन जन्मजयन्तीका अवसरमा आइतवार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन्।

प्रधानमन्त्री ओलीले अन्य नेताहरुलाई बन्‍न हतार नगर्न पनि आग्रह गरेका छन्। पार्टी भित्रै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो। प्रधानमन्त्रीको जिम्मेवारीमा बस्‍न मन नभएपछि अहिले नेपालको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति नभएकाले आफ्नो आवश्यकता रहेको आशय उनले व्यक्त गरे।

‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्‍न मन छैन। तर यति बेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैलाई आउने छैन’, उनले भने, किनभने भोलीपल्ट बर्खास्त हुन्छ। त्यसैले आजका लागि होइन, भोलिका लागि। आफ्ना लागि देशका लागि। र, हाम्रो पार्टी हाम्रो संसदीय दल यस्ता बहकाउमा लाग्‍नेवाला पनि छैन। नबुझ्ने अञ्जन खेलमा सामेल हुने पनि छैन।’

Related Articles

Back to top button
Close