News

कलाकार कृष्ण पाण्डेको निधन पछि गायक खुमन अधिकारीको मन छुने स्ट्याटस (पढ्नुहोस)

खुमन अधिकारीको मन छुने स्ट्याटस

हे भगवान अहिलेसम्म अझै बिश्वास लाछैन – तेरो र मेरो पारिवारिक आत्मिय सम्बन्ध सायद अरुसंग छैन होला , कहिले झगडा गर्थिस , कहिले घुर्की लाउथिस , कहिले फकाउथिस त्यसैले तँ जति ठुलो भए पनि बच्चा जस्तो लाग्थ्यो , काठमाडौ आउदाखेरी दाइ सिन्की र आटो खान पर्यो भन्दै घरमा आएसी आफै पकाउथिस , पछिल्लो समयमा तैंले राम्रो पनि गर्दै गएको थिइस – दाइ जग्गा किनेको छु भनिस , दाइ घर बनाउदै छु भनिस , बिहे गरिस , दाइ गाडी पनि किनेको छु भनिस तेरो सबै खुशीमा म पनि खुशी हुँदै गएँ,

अबत बच्चाको बाउ पनि हुनि वाला थिइस तर तेरो सबै खुसीमा धेरैसम्म रमाउँन लेखेको रैनछ तँलाई , काठमाडौमा कोरोनाको त्रास बढ्यो भाउजु बाबुलाइ लिएर बुटवल आइज यहीँ घरमै बसम्ला अनि पछि यतैबाट स्याङ्जा जाम्ला भनिस तेरो र मेरो अब भेट नहुनलाइ रैछ म पनि बुटवल आउन सकिन , जसरी पनि तीजको गित गर्नु पर्छ दाइ गित गाइदे भनिस र मैलेनी तेरो तीज गित गाएको थिएँ त्यो पनि अधुरै रहनी भयो , तेरो र मेरो सहकार्यमा भगेरी चरिले मैदानमा लरि लरर , नक्कल पारी नभने चल्ती आएको देखि धेरै गित चर्चामा रहे तर अब तँसंग मैले सहकार्य गर्न पनि नपाउने भएँ,

अबत सबै सम्झना मात्र हुनेभयो , तेरो कलाकारिताको र पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान छ त्यो सबैले बुझेको छ , तसंग बढी नै नजिक भएर होला तिमी तपाईं भनेर पनि बोलिएन पहिलेदेखी तँ नैं भनेर बोल्न थलियो तर अब म तसंग बोल्न पनि नपाउने भएं, अल्पायु रैछस र पो मेरो भाइ बनेर मनमा बसेको रैछस , ढिलो चांडो बाटोत त्यही हो सबैको तर तँ अल्लि छिटो गइस बाबू , यथार्थबादी थिइस मनको सफा थिइस त्यसैले होला छिट्टै भगवानको प्यारो बन्न पुगिस , यदि अर्को जन्म छ भने एउटै कोखबाट जन्मिएर फेरि दाजुभाइ नै बन्न पाम , पत्यार नलाग्दा नलाग्दै पनि भन्न बाध्य छु हार्दिक श्रद्धाञ्जली भाइ कृष्ण तेरो बैकुण्ठमा बास होस

Related Articles

Back to top button
Close