vada
International

लद्दाखमा फेरि भारतीय सैनिकको मृ’त्यु

काठमाडौं : भारतको पूर्वी लद्दाखको गलवानमा दुई भारतीय सैनिकको मृ’त्यु भएको छ । भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको गलवानमा दुई भारतिय सैनिकको श्योक नदीमा डुबेर मृ’त्यु भएको हो ।

श्योक नदीमा पुन निर्माणमा खटिएका दुई भारतिय सैनिकको डुबेर मृ’त्यु भएको इण्डियन एक्सप्रेसले जनाएको छ । मृ’त्यु हुनेमा ३७ वर्षका नायक सचिन मोरे र २३ वर्षका लान्स नायक सलिम खान रहेका छन् ।

यसअघि जून १५ मा चिनियाँ र भारतीय सैनिकबीच भी’डन्त हुँदा २० भारतीय सैनिकको मृ’त्यु भएको थियो ।

Related Articles

Back to top button