News

घरबाट कतै नहिँडेकी ४ वर्षकी बालिकामा पनि देखियो कोरोना, अप्रेशन गर्नै लाग्दा रिर्पोट पोजेटिभ

भक्तपुर, १३ असार । कतै नहिडेकी र कतै नघुमेकी भक्तपुरकी ४ बर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका बोडे निलवाराही बस्तीको ४ बर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण बहादुर मिजारका अनुसार संक्रमित बालिकालाई पेट दुखेपछि उपचारको लागि काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालमा लगिएको र शल्यक्रिया गर्ने क्रममा कोरोना परिक्षण गर्ने क्रममा संक्रमण देखिएको हो ।

अहिले संक्रमित वालिकालाई थप उपचारको लागि पाटन अस्पताल लगिएको छ र घर सिल गरिएको छ । संक्रमित बालिको ट्राभल हिस्ट्री नै नभएकाले कोरोना संक्रमणको रिपोर्टमा आशंका सहित स्वाव पुन संकलन गरिएको छ ।

Related Articles

Back to top button
Close