News

सुशान्तको १३ औं दिनको पुण्य तिथीमा परिवारले गर्यो ६ बोल्ड निर्णय

सुशान्त सिंह राजपुतले जुन १४ गते आफ्नो जीवनको अन्त्य गरे ।

उनको निधनले पुरै बलिउड, उनको फ्यान तथा परिवारजन शोकमा डुबेको छ ।

उनको निधनमा बलिउड २ धारमा परिणत भएर नेपोटिजमको बहस शुरु गरेका छन् ।

सुशान्त सिंह राजपूत चार छोरीपछि जन्मिएका एक्ला छोरा थिए ।

४ दिदीहरुलाई भाइ बिना रक्षा बन्धन खल्लो लागेपछि छोराको चाहान बढेको थियो ।

सुशान्तका पिता केके सिंहले मिडियासँग कुराकानी गर्दै परिवार भित्रको रहस्य खोल्दै भने, ”३ वर्ष भाकल गरेर जन्मेको छोरा हामीभन्दा पहिले गयो ।

जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।”

सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गर्दै भने हामी सुशान्तलाई भगवानको उपहार मान्थ्यौँ तर भगवान्ले नै छिट्टै छाडेर गए ।

कुराकानीका क्रममा खुल्दै गएका केकेले भने, “अरु बेला वास्ता नभएपनि दिवाली खल्लो लाग्ने गर्थ्यो,छोरीहरुले भाइको रहर गरेपछि हामीले भाकल गरेर उस्लाई जन्माउको हौं”

आज सुशान्तको १३ औं दिनको पुण्य तिथीमा उनको परिवारले एउटा पत्र सार्वजनिक गर्दै सुशान्तको सोसल मिडिया अकाउन्ट परिवारले चलाउने लगायतका ६ ओटा निर्णय गरेका छन् ।

१) उ हाम्रो लागि सधै महत्वपुर्ण रहनेछ ।

२) उस्ले फ्यानको सधै मान राख्ने गर्थ्यो ।

३) सुशान्त सिंह राजपुतको नाममा फाउन्डेसन खोल्ने र युवाहरुको क्षमतालाई पहिचान गरेर सिनेमा, बिज्ञान र खेलकुदमा आउन चाहनेलाई मद्दत गर्ने ।

४) सुशान्तको पटनाको घरलाई मेमोरियल बनाउने र उस्को टेलिस्कोप, किताबलगायत उनको सामान त्यहाँ राख्ने ।

५) उनको सोसल मिडिया अकाउन्ट परिवारले चलाउने

६) सुशान्तको फाउन्डेशनको इमेल ssrliveson[at]gmail.com हो । केहि प्रतिक्रिया भए यही जिमेलमा पठाउन सकिने छ ।

Related Articles

Back to top button
Close