vada
News

भारतसँग नेपालले यु’द्ध ल’ड्न सकिँदैन भन्ने मनोविज्ञान त्यागौं, आणविक रूपले तयार भएर बसौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मणि थापाले भारतसँग आवश्यक परे यु’द्धको तयारी गर्नुपर्ने र त्यसका लागि आणविक रूपले पनि सुसज्जित हुनुपर्ने बताएका छन् ।

नेकपाका जारी स्थायी कमिटी बैठकमा दुई दिनदेखि एउटै सीमा समस्याबारे छललफल भइरहेको छ । तेस्रो दिन, शनिबारको छलफलमा बोल्दै नेता थापाले भने, “बैठकमा सबैले वार्ता, वार्ता, वार्ता मात्रै भन्नुभयो ।

वार्ताबाहेक विकल्प देख्नुभएन । भारतसँग सीमा समाधान गर्न पहिलो पहलकदमी त वार्ता नै हो । हामीले वार्ता गर्दा सानो, भूपरिवेष्ठित, गरिब मुलुकको मानसिकताबाट होइन ।

सार्वभौम मुलुक, कसैको अधिनस्थमा नबसेको, ऐतिहासिक र बहादुर राष्ट्रको मनोविज्ञानबाट वार्ता गरिनुपर्छ भनेर विचार राखे,” बाह्रखरीसँगको कुराकानीमा थापाले भने ।उनले हामीकहाँ यही समस्या रहेको औंल्याए ।

“साना राष्ट्रहरूले यु’द्ध गर्न सक्दैनन् भन्ने कुरा दक्षिणपन्थी कुरा हो । साना राष्ट्र यु’द्ध गर्छन् । अहिले पनि भियतनाम, उत्तर कोरियाको अवस्था हेरौं । अहिले हामी यु’द्ध गरिहाल्नुपर्छ भन्ने होइन । तर, यु’द्ध नै गर्न सकिँदैन भन्ने होइन ।

यदि यसो हो भने यो आत्मसमर्पणवादी चिन्तन हुन्छ । प्रगतिशील चिन्तन हुँदैन । कम्युनिस्टले बोक्ने विचार होइन,” थापाको तर्क छ, “हामी सबै किसिमले तयारी भएर बस्नुपर्छ । आफ्नो भूमि फिर्ता गर्नका निम्ति सबै किसिमले तयार हुनुपर्छ ।”

उनले भारत, चीन, पाकिस्तान आणविक हात–हतियारले सुसज्जित भएकाले नेपालले पनि त्यही बाटो पछ्याउनुपर्ने बताए । “साना राष्ट्रचाहिँ आणविकरूपले सम्पन्न बन्न सक्दैनन्, आफ्नो सुरक्षा, प्रगतिका लागि ? भन्ने सवाल हामीले सँगसँगै उठाउनुपर्छ । र, बलियो मिसन बनाउनुपर्छ,” उनले बैठकमा राखेको कुरा जानकारी गराए ।

Related Articles

Back to top button
Close