vada
News

सुपारी खाने बानी छ ? आजैबाट छोड्नुहोस्, लाग्न सक्छ यस्ता खतरनाक रोगहरु

काठमाडौँ – केही मानिसहरुलाई सुपारी निकै मन पर्ने गर्छ । सुपारीको धार्मिक महत्व पनि छ । यसको सेवनले स्वास्थ्यमा पनि फाइदा नै गर्छ । तर बढी सुपारी खाने गरेमा शरिरलाई असर पनि गर्छ ।

धेरैले सुपारी मुखमा च्यापेर हिड्ने गर्छन् । तर धेरै सुपारी सेवन गर्दा स्वास्थ्यलाइ बिस्तारै असर पुर्याउदै लगेको हुन्छ । सुपारीमामधु ,गुट्का,पान आदि पनि बजारमा पाइन्छ । यसको सेवनले हाम्रो स्वास्थ्यमा विभिन्न खालका खतरानाक रोगहरु उत्पन्न गरिरहेको हुन्छ ।

सुपारी खाँदा लाग्छन् यी रोगहरु –
क्यान्सर – यदि तपाईको सुपारी खाने बानी छ भने आजै छोड्नुहोस् । यसको धेरै सेवन गरेमा मुखको क्यान्सर पनि हुन सक्छ । यसले हाम्रो मुखको नालीमा पनि संक्रमण गर्छ जसको कारण हामीलाई मुखको नलीको पनि क्यान्सर हुने गर्छ ।

मुटुरोग – हामिले सुपारी दैनिक सेवन गर्ने गरेमा मोटोपन पनि बढ्छ । यसले मुटुमा विभिन्न खालका समस्याहरु देखा पर्छ। यसको सेवन गरिरहेका हृदयघात पनि हुन सक्छ ।

रसायनिक प्रतिक्रिया – सुपारी सेवनले अन्य बेफाइदा पनि गर्छ । अन्य औषधी तथा हर्वलसित मिसिएको अवस्थामा यसले शरीरमा रसायनिक प्रतिक्रिया जनाउँछ र औषधीको प्रभावकारीतामा पनि ह्रास ल्याउने गर्छ ।

त्यसैले कहीलेकाही सुपारी खानु राम्रो हो तर यसको बानी पार्नु राम्रो होइन । यसले स्वास्थ्यमा धेरै असर पुर्याउछ ।

Related Articles

Back to top button
Close