vada
News

कोरोना महामारीबीच जन्मदिन धुमधामले मनाउँदा एकै परिवारका १८ जनामा देखियो संक्रमण

टेक्सास – अमेरिकामा जन्मदिन मनाउँदा एक परिवारलाई नै कोरोनाभाइरसको संक्रमण भएको छ । कोरोना महामारीबीच ‘सर्प्राइज बर्थडे’ मनाउदा अमेरिकाको टेक्सासका एक परिवारलाई नै कोरोना संक्रमण भएको हो ।

उक्त परिवारले जन्मदिनको पार्टी गरेका थिए । उक्त पार्टीमा आफुलाई कोरोना संक्रमण भएको थाहा नभएका पनि सहभागी भएका थिए । जन्मदिनको पार्टीले नै गर्दा एकै परिवारका १८ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित एक जना भने भेन्टिलेटरमा पुगेको बताइएको छ ।

मे ३० मा एकजनामा भएको कोरोना संक्रमण भएको थियो । उक्त संक्रमण सुरुमा ७ जनामा पुगेको र उनीहरुबाट पुनः संक्रमण फैलँदा परिवारमा १० जनामा कोरोना सरेको बताइएको छ । कोरोना संक्रमण देखिएका एक ८८ वर्षका वृद्धको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close