भर्खरै बुटवलको आर्मी ब्यारेकमा लाखौं सलह पसेको आशंका
बुटवल । भर्खरै प्राप्त जानकारी अनुसार बुटवलमा सलह जस्तै देखिने किरा देखा परेको छ । बुटवलस्थित नेपाली सेनाको गुल्ममा सलहजस्तै देखिने किरा ठूलो संख्यामा देखिएको हो।
गुल्ममा सलह जस्तै किरा देखिएपछि गुल्मका गणपति कर्णेल ज्योतिकुमार थापाले (शनिबार) लाखौंको संख्यामा उक्त किरा गुल्ममा प्रवेश गरेको बताएका छन् । कर्नेल थापाका अनुसार उनले तस्वीरमा दखेका सलह जस्तै किरा आफ्नै गुल्ममा प्रवेश गरेको तर सलह भनेर ठ्याक्कै भन्न नसकेको उनको भनाई छ । गुल्ममा उक्त सलह जस्तै देखिने किरा प्रवेश गरेपछि उक्त किरालाई मार्ने कोसिस गरिएको कर्नेल थापाले बताए ।
तराईका पुर्वी जिल्लाहरुमा सलह भित्रि सकेको खबरले यतिबेला नेपाली किसानहरु चिन्तित भएका छन् । कतै भर्खरै रोपाँई सकिएको त कतै खेती लगाउने काम बाँकि नै रहेको किसानहरुमा सलह जस्तो आतंक नै मच्चाउने किरा नेपाल प्रवेश गरिसक्यो भन्ने सुनेका किसानहरु यतिबेला आतंकित भएका छन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले पनि सेनाको ब्यारेकमा ठूलो संख्यामा किरा देखिएको बताएका छन् । उनका अनुसार बुटवलमा किरा भन्दा ठूलो आकारको फट्यांग्रा लाखौंको संख्यामा प्रवेश गरेपछि सेनाले नियन्त्रणमा लिएको बताईएको छ । तर सलह हो कि होइन भन्नेमा अझै प्रष्ट हुन नसकेको उनले बताए ।