News
नेपालमा एकैदिन थपिए १० जना कोरोना संक्रमित
काठमाडौंः नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन्। नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका छन्। देवकोटाले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालगञ्जमा पाँच पुरुष र चारजना महिलामा कोरोना भएको पुष्टि गरेका छन्।