vada
News

यातायात व्यवसायी भन्छन्ः हामी डिप्रेसनमा जान लाग्यौं

काठमाडौं सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन्। को’रोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ। यस अवधिमा सार्वजनिक सवारी सञ्चा लन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको छ ।

बर्दिबासका बलराम बरालले गाडी लाइनमा काम गर्न थालेको ४० वर्ष पुग्यो । १८ वर्षको उमेरमा सहचालकको भुमिकामा यो क्षेत्रमा छिरेका बराल ५८ वर्षको उमेरमा पुग्दा उनीसगँ ४ वटा गाडी छन् र उत्तिकै बैंकको ऋण पनि । ‘हेर्दा ४ ओटा गाडी देखिन्छ तर सबै ऋणमा झिकेको। मैले मासिक ९० हजार किस्ता तिर्नु पर्छ,’ उनले भने।

उनले पछिल्लो ३ महिनादेखि किस्ता तिर्न सकेका छैनन् जसको कारण हो को’रोनाको संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउन। ‘अहिले त कसैको फोन आउँदा पनि बैंकको होकि भनेर डर लाग्छ। जिन्दगिमा त्यत्रो उतार चढाव हुँदा त डराइएन अहिले फोनसगँ डराउनु परेको छ,’ उनले भने। पृथ्वी राजमार्ग बस संचालक समितीका संरक्षक केशव अधिकारीको समस्या पनि उस्तै छ।

उनले आफ्नो ३५ ओटा गाडीको ३ महिनामा डेढ करोड तिर्थे। लकडाउन पछि उनले किस्ता तिर्न सकेका छैनन्। ‘म एउटा संस्थाको नेतृत्व गरेर हिडेको मान्छेलाई त बैंकले फोन गरेर मानसिक तनाव दिएको छ । साना व्यवसायीहरु यस्ता समस्या भयो भनेर सधैं मलाइ गुनासो पोख्नु हुन्छ’, अधिकारीले भने। व्यवसायीलाई संकटबाट निकाल्न र बैक आफैपनि संकटबाट निस्कन किस्ता पछाडी सार्नुपर्ने अधिकारीको तर्क छ।

७० प्रतिशत व्यवसायीको हालत यस्तै भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए। ‘यातायात क्षेत्रमा करिव १० अर्व लगानी छ र ७ अर्व भन्दा धेरै लगानी त बैंकको नै छ । यदि यातायात व्यवसायी डुबे भने बैंक पनि डुब्छन्,’ सिटौलाले भने। यातायात व्यवसायलाई जोगाउन व्यवसायीको किस्ता १ वर्ष पछाडि सार्नुपर्ने उनले बताए।

‘व्यवसाय सुरु गर्दा हामीलाई बैकले सहयोग गरेको हो। हामीले पनि पैसा तिर्नैपछ। तर किस्ताको अवधि १२ महिना थप्नुपर्छ। नभए हामीले चाबी बैंकलाई बुझाउनुको विकल्प छैन। त्यस्तै सरकारी कर, बीमा लगायतमा हामीलाई सहुलियत दिनुपर्छ,’ सिटौलाले भने।बैंकको तनावले एउटा व्यवसायीले आत्मह,त्य गरिसहेको र धेरै व्यवसायी डिप्रेसनको अवस्थामा पुगेको उनले बताए।

Related Articles

Back to top button
Close