News

कोरोनाको कारण विदेशमा रोकिएका ८७ श’व स्वदेश ल्याइयो

काठमाण्डौ – को’रोनाको कारण विदेशमा रोकिएका ८७ श,व स्वदेश ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै त्यहाँ रोकिएका श,व पनि ल्याइएको हो । अहिले सम्म सबै भन्दा धेरै श,व मलेसियाबाट ल्याइएको छ । मलेसियाबाट ३१ वटा श,व ल्याइएको छ । मलेसियापछि साउदी र कतारबाट २०/२० वटा श,व ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।कुवेतबाट ७ जना नेपालीको श,व आएको छ भने यूएईबाट पाँच नेपालीको श,व ल्याइएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार बहराइनबाट ३ जना नेपालीको श,व ल्याइएको छ भने ओमानबाट १ जना नेपालीको श,व ल्याइएको छ। यो अवधिमा विदेशमा ज्यान गुमाएका ३ सय ३३ जनामध्ये १२६ जनाका परिवारले भने गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको हुँदा उतै सदगत गरिएको छ । अझै विदेशमा १२० नेपालीको श,व बाँकी छ ।अब साउदीमा सबैभन्दा धेरै श,व बाँकी छ। साउदीमा अब ५९ श,व छन् भने मलेसियामा २३ श,व बाँकी छ। बोर्डका अनुसार कतारमा ११, यूएईमा १४, कुवेतमा ५ र बहराइनमा १ जना नेपालको श,व बाँकी छभने अन्य देशबाट ७ वटा श,व ल्याउन बाँकी छ ।

Related Articles

Back to top button
Close