News

सवारी दुर्घटनामा परि २१ वर्षीय सुशील कुँवर र २२ वर्षीय रोशन गुरुङको मृत्यु

बुटवल –१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको निधन भएको छ । दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको बताइएको छ ।

यो पनि : शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट निधन भएका व्यक्तिको सम्मानजनक रुपमा स्थानीय तहसँग समन्वय गरी शव व्यवस्थापन गर्ने वातावरणको सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान विशेष परिस्थितिमा सरकारले लागू गरेको कार्यविधिको प्रभावकारी पालनामा सहयोग र साथ दिन स्थानीय सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट निधन भएका व्यक्तिको शव व्यवस्थापनका क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाबीच भएको झ डपको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आयोगले सो आग्रह गरेको हो ।

कोभिड–१९ बाट निधन भएका व्यक्तिको शव स्थानीय बासिन्दासँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयले अवरोध गरेको र स्थानीयको अवरोधका बीच पनि सुरक्षाकर्मीबाट बल प्रयोग गरी शवको व्यवस्थापन गर्ने क्रममा स्थिति तनावपूर्ण भएको आयोगको अनुगमनबाट देखिएको छ ।

कुनै पनि व्यक्तिको निधन पश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानूनका साथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनले समेत प्रत्याभूति गरेको छ । सरकारले कोभिड–१९ बाट निधन भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापनका लागि कार्यविधिसमेत निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

Related Articles

Back to top button
Close