News

थप एक काेराेना संक्रमितकाे मृत्यु : कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्याे

चितवन । भरतपुर अस्पतालमा एक कोरोना संक्रमितकाे मृत्यु भएको छ । शनिबार विहान ६:३५ बजे कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो ।उनी फोक्सोको क्यान्सरका विरामी थिए । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएको कलेजको दावी छ ।

चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।

Related Articles

Back to top button
Close