News
घरमा श्रीमती हुँदाहुँदै अर्की युवतीसँग विवाह गर्ने पक्राउ
मालिकार्जुन गाउँपालिकामा घरमा श्रीमती हुँदाहुँदै अर्की युवती विवाह गर्ने पक्राउ परेका छन् । गाउँपालिका वडा नम्बर ४ टाँटिकका पुष्करसिंह धामी बहुविवाह गर्दा पक्राउ परेका हुन् ।
धामीले श्रीमती हुँदाहुँदै २०७५ सालमा अर्की युवतीसँग विवाह गरेका थिए । अर्की युवतीसँग विवा गरेपछि जेठी पत्नीले त्यसविरुद्ध जिल्ला अदालतमा मुद्दा हालेकी थिइन् ।
बहुविवाह गरेका धामीलाई अदालत २०७५ साल माघ २८ गतेको १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो । धामी अदालतका् फैसलादेखि नै फरार थिए ।
उनलाई प्रहरीले शुक्रबार गरेको हो । पक्राउ गरे लगत्तै धामीलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।