News

गायक दिपक परियारले गरे आत्मह’त्या

काठमाडौं / केहिदिन अगाडि मात्र तीज गीत रेकर्ड गरेर बजारमा ल्याउने तयारी गरिरहेका लोक तथा दोहोरी गायक दीपक परियारको उपचारका क्रममा मृ,त्यु भएको छ ।

गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झु,ण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृ,त्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।

दीपकको श,व पो,ष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अ,नुसन्धान भइरहेको प्र,हरीले जनाएको छ ।

Related Articles

Back to top button
Close