vada
News

थप ५ सय ९३ मा कोरोना, संक्रमित संख्या ११,७५५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । एक सय ७ जना महिला र ४ सय ८६ जना पुरुष गरी शुक्रबार ५ सय ९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हनार ७ सय ५५ पुगेको छ । हालसम्म रसुवा बाहेक ७६ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रबार ४८ गरी हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत छन् ।

Related Articles

Back to top button
Close