vada
News

टिचिङ अस्पताल नजिकै राष्ट्रिय वाणिज्य बैंकको एटीएम फोरियो

राष्ट्रिय वाणिज्य बैंकको टिचिङ हस्पिटल नजिकै रहेको एटीएम आज राती फोरिएको छ ।एटीएम फोरिए पनि कुनै आर्थिक क्षति भने नभएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

‘बिहीबार राति एटीएम बुथ फोरेर पैसा निकाल्न खोजिएको रहेछ,’ महानगरीय प्रहरी कार्यालय टेकुका डीएसपी तथा प्रवक्ता राजकुमार केसीले भने ‘एटीएम फोरिए पनि कुनै क्षति भएको छैन ।’ एटीएम फोर्ने प्रयास भएको रहेछ,’ उनले थपे ‘पैसा चोरी भएको छैन र ह्याक गरिएको पनि होइन ।’

हामीलाई खबर आएपछि कस्ले एटीएम फार्ने प्रयास गरेको रहेछ भनि अनुसन्धान भइरहेको छ ।अनुसन्धान प्रक्रिया अघि अघि बढी सकेको छ । एटीएम फोर्न प्रयास गर्ने व्यक्ति पेशेवर नभइ अन्य कोही हुन सक्छ ।उसलाई प्रविधि सम्बन्धि ज्ञान नभएको र एटीएम फोर्ने वित्तीकै खुरुखुरु पैसा आउँछ भन्ने बुझाइ भएको मान्छे हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

एटीएममा जडान गरिएको सीसी क्यामराबाट सो जानकारी प्रहरीले पाएको हो ।लकडाउनक समयमा भक्तपुर र धनगढीमा एनसाईसी एसिया बैंकको एटीएम पनि तोडफोड गरिएको थियो

Related Articles

Back to top button
Close