News

जीवनजल नपाएर छट्पट्टिएर ज्यान गुमाएका राजु सदाको परिवारलाई ५ लाख दिने

काठमाडौं । प्रदेश २ सरकारले आइसोलेसन रहेका बेला पखला लागेर जीवनजल समेत नपाएर ज्यान गुमाएका राजु सदाको परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा रहेका बेला भएको पखलाका बेला औषधि र पानीसमेत खान नपाएर धनुषाको हंसपुर नगरपालिकाका १६ वर्षे राजु सदाको निधन भएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

यसैबेला प्रदेश २ को सरकारले उनको परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । सो घटनाको छानबिनका लागि गठित समितिले आफ्नो काम काम सुरु गरिसकेको प्रदेश सरकारले जनाएको छ । बिहीबार प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

Related Articles

Back to top button
Close