News

कलेज पढ्ने छोरी को रोनाका कारण घर फर्किँदा गर्भवती भएको थाहा पाएपछि बुवा आमाले गरे यस्तो सोच्नै नसक्ने घटना

एजेन्सी / कोरोना भाइरसका कारण लकडाउन सुरु भएपछि कलेज पढ्ने युवती घर फर्किइन् । त्यसपछि घरमा बसेकी छोरीको पेट बढ्दै गएपछि परिवारका सदस्यले पनि उनी गर्भवती भएको थाहा पाए ।

केही दिनसम्म गाउँका मान्छेले थाहा नपाउन् भनेर छोरीलाई कोठामा नै बन्द गरेर राखे । बाबुआमाले छोरीलाई गर्भपतन गराउन आग्रह गरेपछि छोरीले अस्वीकार गरिन् ।

त्यसपछि बाबुआमाले छोरीको ह त्या गरे । भारतको तेलंगनाको गदवल जिल्लाको कालुकुन्तला गाउँको घटना हो, यो । आन्ध्र प्रदेशको कुर्नुलमा डिग्री गरिरहेकी युवती लकडाउन लागेपछि घर फर्किएकी थिइन् ।

घर आएकी छोरी गर्भवती देखिएपछि समाजमा आफ्नो इ’ज्जत जाने डरले लुकाउन खोजेपनि नसकेपछि छोरीकै ह त्या गरेका हुन् । प्रहरीले स्थानीय पञ्चसँग सल्लाह गरेर अन्तिम संस्कार रोके र पोस्ट मार्टमका लागि पठाए । पो’स्टमार्टमपछि युवतीको ह त्या भएको पुष्टि भएको हो ।

– सांकेतिक तस्बिर
यो पनि समाचार पढ्नुहोस

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेकोे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नजिक रहेको छ । यसैगरी, पूर्वानुमानले हाल देशभर बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी वर्षा सम्भावना रहेको छ।भने, प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close