News

जन्मिएको केही समयमा तिम्ल्याहा बच्चामा कोरोना संक्रमण

एजेन्सी – मेक्सिकोको एक शहरमा एकैसाथ जन्मिएका तीन बच्चामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १७ जुनमा जन्मिएका ती तिम्ल्याहा बच्चामा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

तिम्ल्याहा बच्चा जन्मिएको ४ घण्टापछि जाँच गर्दा कोरोना देखिएको जनाइएको छ । त्यस्तै आश्चर्यको करा भने खमा भने कोरोना नदेखिएको चिकित्सकले बताएका छन् ।

उनीहरुमा दुई बालक र एक बालिका रहेका छन्। सबै शिशुहरु ७ महिनामै जन्मिएको बताइएको छ । त्यहाँको स्वास्थ्य सचिवका अनुसार कोरोना देखिएका तीन शिशुमध्ये एक शिशुमा निमोनिया पनि रहेका बताइएको छ ।

Related Articles

Back to top button
Close