News

सुपरस्टार सलमान खानका फ्यानहरुका लागि आयो यस्तो दुःखद खबर

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानका फ्यानहरुका लागि अहिले निकैँ दुःखद पल रहेको छ । अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि सलमान खुबै आलोचनाको सि कार हुँदैछन् । उसो त सलमान र विवादको पुरानो सम्बन्ध रहेको छ । चाहे कालो मृघ प्रकरण होस् वा सडकमा सुतेका मान्छेमाथि कार चलाएर ज्यान लिएको घटना होस् । वर्षौदेखि सलमान खानको नाम सधैं विवादमा रहने गर्दछ । बलिउडमा पनि उनले आफ्नो शक्ति भरपुर तरिकाले देखाउँने गर्छन् ।

धेरै नाम चलेका कलाकारहरु सलमानसँगको दुश्मनीका कारण छायामा परेका छन् । अहिले यस्तै आरोप फेरि सलमानमाथि लगाइएको छ । शुशान्तका फ्यानहरुले सलमानमाथि देहत्याग गर्न वाध्य बनाएको आरोप लगाउँदै सलमानको आलोचना गर्दा सmमानका फ्यानहरु बचाउमा उत्रेका थिए । यसरी सामाजिक सञ्जालमा विवाद उत्कर्षमा पुगेपछि सलमानले आफ्ना फ्यानहरुलाई सम्झाउनुपर्यो । सुशान्त सिंह राजपूतको मृत्युपछि सामाजिक सञ्जालमा मानिसहरूले सलमानलगायत केही कलाकारप्रति आफ्नो क्रोध व्यक्त गर्दै आएका छन् । यद्यपि सलमानका फ्यानहरूले उनलाई पूर्ण समर्थन गरिरहेका छन् ।

यसैबीच, सलमानले आफ्ना फ्यानहरूलाई एउटा सन्देश दिए । सलमानले ट्वीट गरे, ‘म मेरो सबै प्रशंसकहरूलाई सुशान्तको फ्यानहरूको साथ खडा हुन र अ’पमानजनक भाषा प्रयोग नगर्न अनुरोध गर्दछु । तपाईं तिनीहरूको भावनाहरू बुझ्ने प्रयास गर्नुहोस् । यस संकटको घडीमा, सुशान्तको परिवारलाई सहयोग पुर्याउनुहोस् । किनकि कसैको मृत्युको पीडा धेरै नै गाह्रो हुन्छ ।’ सुशान्तको मृत्युलाई लिएर सलमानसहित ८ जनाविरुद्ध बिहार राज्यमा मुद्दा दायर गरिएको छ । झारखन्ड राजयमा सलमानसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको समाचार बाहिर आएको छ ।

Related Articles

Back to top button
Close