News

नेपालमा आज बिहानै भेटिए २५ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७९२ पुगेको हो ।

सबै जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँको व्यास नगरपालिकाका दुई जना पुरुष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एकजना पुरुष, बागलुङको बरेङ गाउँपालिकाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नवलपरासीको बर्दघाट सुस्तापूर्वको गैडाकोट नगरपालिकामा ७ जना पुरुष र कावासोती नगरपालिकामा १२ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

Related Articles

Back to top button
Close