News

विश्वभर अक्सिजनको अभाव हुन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या १ करोड पुग्न लागेसँगै विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् ।बुधबार टेड्रोस एडहानोम गेबेरियसले विश्वभर अक्सिजन कंस्नट्रेटर (अक्सिजन दिने मेशिन)को समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् ।अहिलेसम्म विश्वमा ९३ लाख मानिस कोरोनाबाट संक्रमित छन् भने ४ लाख ८० हजारको ज्यान गइसकेको छ । प्रत्येक हप्ता १० लाख बढी नयाँ संक्रमित देखा परेका छन् ।यसकारण प्रत्येक दिन विश्वमा ८८ हजार बढी अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजन जरुरी छ ।

संक्रमणका मामलाको वुद्धिसँगै अक्सिजन दिने मेशिनको कमी हुन गएको छ जुन कोरोना संक्रमित व्यक्तिका लागि श्वास लिन जरुरी पर्छ ।टेड्रोसने विश्व स्वास्थ्य संगठनले अहिलेसम्म १४ हजार अक्सिजन कंस्नट्रेटर खरिद गरेको छ त्यसलाई १२० देशमा पठाउने तयारी छ ।

Related Articles

Back to top button
Close