vada
News

भारतमा अर्की १६ वर्षीया कलाकारले पनि गरिन् दे,हत्या,ग

एजेन्सी । बलिउडमा एक चर्चीत कलाकारलाई गुमाएको खबर सेलाउन नपाउँदै अर्को एक कलाकारले पनि सुशान्तकै वाटो अपनाएकी छन् । भारतमा एक अर्की कलाकारले देह त्याग गरेको समाचार भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी सुशान्त जस्तै फिल्मी जगतकी नभएर टिकटक कलाकार हुन् ।

टिकटक मार्फत निकै चर्चीत बनेकी १६ वर्षीया सिया कक्करले देह त्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले किन त्यस्तो निर्णय गरिन् भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको भएपनी उनले कुनै नोट छोडे नछोडेको कुरा पनि सार्वजनिक भएको छैन ।

अघिल्ले दिन सम्म पनि खुसी मुडमै देखिएकी उनको अचानक यस्तो खबर पाएर फ्यान दुखी भएका छन् । उनले अघिल्लो दिन पनि टिकटक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनी खुसी नै देखिन्छिन् । देह त्यागको त्यस्तो कुनै संकेत भिडियोा गरिएको छैन । उनी कुनै कुरालाई लिएर चिन्तित भएको संकेत भिडियोवाट पाउन सकिदैन ।

भारतीय सञ्चार माध्यमले कक्करसंग सम्बित एजेन्सीसंग पनि गरिएको कुराकानीले उनले त्यस्तो निर्णय किन गरिन् भन्ने नखुलेको जनाएको छ । २३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन्। जसमा उनले कुनै संकेत गरेकी छैनन्। केही दिन चर्चित कलाकार सुशान्त सिंह राजपुतले पनि देह त्याग गरेका थिए । उनको निधन पछि बलिउडमा नयाँ वहस सुरु भएको छ ।

सुशान्त निधनको घटना निकै पेचिलो बन्दै गएको छ । उनको निधन भएको ११ दिन पछि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । बलिउडले सन् २०२० मा इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुत जस्ता दिग्गज कलाकार गुमाएको छ।

Related Articles

Back to top button
Close